काठमाडौं– राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा बिहान १० बजेसम्म १२३ जनाले मतदान गरेका छन् ।
प्रदेश सभातर्फ ४० मध्ये ३० जनाले मतदान गरिसकेका छन् भने स्थानीय तहतर्फ ९३ जनाले मत खसालेका छन् ।
कर्णालीमा एक महिला र एक अन्य क्लस्टरका लागि निर्वाचन हुँदैछ, जहाँ कुल मतदाता १९८ छन् ।
कोशी प्रदेशमा मतदान सुरु भएको एक घण्टाभित्र १०० जना स्थानीय जनप्रतिनिधि र २५ जना प्रदेश सांसदले मतदान गरेका छन् ।
यहाँ दुई राष्ट्रिय सभा सदस्य पदका लागि मतदान भइरहेको छ, एक पद भने निर्विरोध भइसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा बिहान १० बजेसम्म ६३ जनाले मतदान गरेका छन् ।
एक घण्टामा २८ प्रतिशत मतदान सम्पन्न भएको प्रदेश निर्वाचन अधिकृतले जानकारी दिए ।
बागमती प्रदेशमा मतदान सुरु भएको एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् ।
स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मत खसालेका छन् ।























