images
images
  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा आधा घण्टामा स्थानीय तहको ५० मत खस्यो

    काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको हो ।

    जसअन्तर्गत लुम्बिनी प्रदेशमा ९ बजेर ३० मिनेट जाँदा लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको  २६ मत खसेको छ । त्यस्तै स्थानीय तहको ५० मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । ।  फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये १७ पदमा निर्वाचन भएकाे हाे।

    लुम्बिनीमा तीन सिटका लागि हुने निर्वाचनमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता–अल्पसङ्ख्यक र अन्य गरी तीन सदस्य निर्वाचित हुँदै छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images