काठमाडौं- म्याग्दीका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने जनाएका थिए । तर, उनीहरू निर्धारित समयभित्र आयोगको कार्यालय नपुगेपछि उनीहरूको उम्मेदवारी कायम रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका युवराज रोका र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजा (तार्जन)ले म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने जनाएका थिए ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत निर्वाचन आयोगले शुक्रबार उम्मेदवारी फिर्ताको समय तोकेको थियो ।
बिहान १० बजे कार्यालय खुलेपछि दिउँसो १ बजेसम्मको समय निर्वाचन आयोगले तय गरेको थियो । ६ गते उम्मेदवारी मनोनयन दर्ता गरे पनि निर्वाचनमा सहभागी हुन नचाहने उम्मेदवारहरूले यो समयभित्र उम्मेदवारी फिर्ता लिनुपर्ने थियो ।
प्रतिक्रिया दिनुहोस्























