images
images
  • उम्मेदवार नै अर्को पार्टी प्रवेश गरेपछि…..

    काठमाडौं- डोल्पामा मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेकी जुनु भण्डारी कांग्रेस प्रवेश गरेकी छन्।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि ६ माघमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेकी भण्डारी शुक्रबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेकी हुन् ।

    उनलाई कांग्रेस सहमहामन्त्री एवं कांग्रेसबाट उम्मेदवार दर्ता गराएका कर्णबहादुर बुढाले पार्टीमा प्रवेश गराएका थिए ।

    उनले कांग्रेस प्रवेश गरेको भनिए पनि उनको उम्मेदवारी भने यथावत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयले तोकेको समय सीमाभित्र कोही पनि उम्मेदवारले आफ्नो उम्मेदवारी आधिकारिक रूपमा फिर्ता नलगेको र सबै उम्मेदवारको उम्मेदवारी यथावत रहेको कार्यालयले जानकारी दिएको छ।

    कार्यालयका अनुसार शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images