काठमाडौं- रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध सर्वोच्चमा रिट दर्ता गरेका छन् । शुक्रबार उनले सर्वोचचमा रिट दायर गरेका हुन् ।
चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका थिए ।
तर, निर्वाचन आयोगले बिहीबार उनको उम्मेदवारी खारेज गरेको थियो ।
सो रिटको माघ ११ गतेका लागि पेसी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्























