images
images
  • गगन र बालेनको नाममा प्रधानमन्त्री पद लिलाम

    काठमाडौं– नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

    शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।

    कांग्रेसले वर्तमान परिस्थितिमा थापा सक्षम, संयमित र गतिशील नेतृत्व दिन सक्ने नेता भएको जनाएको छ ।

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रा सँगै अघि बढाउने विषयमा समझदारी नजिक पुगेको स्रोतले जनाएको छ ।

    बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने र आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको घण्टी चुनाव चिह्नमा चुनाव लड्ने विषयमा छलफल भएको दाबी गरिएको छ ।

    दुवै नेताबीच शक्ति बाँडफाँट र वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउने विषयमा वार्ता जारी रहेको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images