images
images
  • भावी प्रधानमन्त्री कांग्रेस सभापति गगन थापा

    काठमाडौं– नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

    शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पेश गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।

    कांग्रेसले यो निर्णयलाई मुलुकको वर्तमान विशिष्ट परिस्थितिलाई सम्बोधन गर्ने प्रयासका रूपमा लिएको जनाएको छ ।

    उपसभापति शर्माले गगन थापासँग परिवर्तित समयअनुसार गतिशील नेतृत्व दिने क्षमता रहेको उल्लेख गर्दै, संयम, परिपक्वता र सुसंस्कृत राजनीतिक अभ्यासमा उनको भरोसा व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images