images
images
  • आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की धादिङ–१ की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई जानकारी गराएकी छन् ।

    शुक्रबार दिउँसो उनले इमेल र फोनमार्फत सम्पर्क गरेको निर्वाचन अधिकृत एकराज अधिकारीले बताए ।

    अधिकारीका अनुसार तामाङले औपचारिक सनाखतका लागि आफैं कार्यालयमा उपस्थित हुने बताएकी छन् ।

    उनले प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) अनुसार उम्मेदवारी फिर्ता लिने उल्लेख गर्दै अनुसूची २२ अनुसारको फारम इमेलमार्फत पठाएकी हुन् ।

    यद्यपि तामाङले भने यस विषयमा छलफल जारी रहेको र दिउँसो २ बजेतिर अन्तिम निर्णय हुने बताएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images