images
images
  • पूर्वप्रधानमन्त्री, ग्रीनकार्डधारी र बागीहरूले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं– रूपन्देही–२ मा राप्रपाकी उम्मेदवार कार्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।

    अमेरिकाको ग्रीनकार्ड लिएकी थापाले संविधानअनुसार तीन महिना पूरा नहुँदै उम्मेदवारी दिएको थाहा पाएपछि शुक्रबार मनोनयन फिर्ता लिएको बताएकी हुन् ।

    राप्रपाको अनुरोध र संविधानको मर्मअनुसार उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।

    यता, कालिकोटमा नेकपा नेता जीवन बुढाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बागी उम्मेदवारी फिर्ता लिएका छन् ।

    उनले आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध उम्मेदवारी दिएका थिए ।

    मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

    यससँगै मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ पुनः उम्मेदवार बनेका छन् ।

    त्यस्तै पूर्वप्रधानमन्त्री तथा प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराईले पनि आफ्‌नो उम्मेदवारी फिर्ता लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images