images
images
  • मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए नाम

    काठमाडौं– मनाङमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले उम्मेदवारी फिर्ता लिने निवेदन दिएका छन् ।

    निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले नाम फिर्ताको निवेदन दिएका हुन् ।

    उनले औपचारिक निर्णय दिउँसो १ बजेपछि हुने बताए ।

    मनाङमा पाँच जनाको उम्मेदवारी परेको थियो ।

    रास्वपाका उम्मेदवार तोकिएको समयभन्दा ढिलो कार्यालय पुगेकाले दर्ता हुन सकेनन् ।

    कांग्रेसबाट यसअघि निर्वाचित टेकबहादुर गुरुङ पुनः उम्मेदवार बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images