images
images
  • यी हुन् ८० नाघेका ७ उम्मेदवार, कहाँ–कहाँबाट लड्दैछन् चुनाव ?

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा ८० वर्ष नाघेका ७ जना उमेदवार सांसद बन्ने आकांक्षासहित मैदानमा उत्रिएका छन् ।

    निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल ३ हजार ४८४ जनाको उमेदवारी परेको छ ।

    सबैभन्दा जेष्ठ उमेदवार ८८ वर्षीय महेन्द्रराय यादव हुन्, जो सर्लाही–२ बाट उमेदवार बनेका छन् ।

    पटक–पटक सांसद र मन्त्री बनेका यादवको नागरिकतामा उमेरसम्बन्धी त्रुटि रहेको विषय यसअघि चर्चामा आएको थियो ।

    काठमाडौं–४ बाट ८७ वर्षीय पूर्व प्रशासक मदनदेव आचार्य स्वतन्त्र उमेदवार बनेका छन् ।

    भ्रष्टाचार नियन्त्रणका लागि संसद् छिर्न चाहेको उनको भनाइ छ ।

    त्यस्तै झापा–१ बाट ८३ वर्षीय हिरण्यप्रसाद भट्टराई, काठमाडौं–९ बाट ८२ वर्षीया पञ्चकुमारी मानन्धर, महोत्तरी–१ बाट ८१ वर्षीय प्रेमबहादुर राना मगर, रुपन्देही–५ बाट ८१ वर्षीय जयनारायण काफ्ले र ओखलढुंगा–१ बाट ८० वर्षीय शेरबहादुर खत्री उमेदवार छन् ।

    आयोगका अनुसार ७० वर्षमाथिका ९४ जना र ६५ वर्षमाथिका २०१ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    सबैभन्दा बढी उमेदवार ३६ देखि ५० वर्ष उमेर समूहका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images