काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता निकै राम्रो भएको बताएका छन् ।
ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक करिब एक घण्टा चलेको थियो ।
विश्व आर्थिक मञ्चको वार्षिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘रूस–युक्रेन युद्ध समाप्त हुनुपर्दछ ।’
अमेरिकी प्रतिनिधिमण्डल रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नका लागि मस्को जाँदैछ ।
जेलेन्स्कीले पनि ट्रम्पसँगको भेट ‘राम्रो’ भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















