काठमाडौं– भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहको अवस्था शुक्रबार बिहान सामान्य छ ।
सुरक्षाका निम्ति बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बिहीबार (माघ ८) राति बाल सुधारगृहमा दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो ।
झडप नियन्त्रणका निम्ति ठिमी प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।
तर, प्रहरीमाथि नै ढुंगा प्रहार गरिएको जनाइएको छ ।
बाल सुधारगृहका दुई समूहबीच भएको झडपका क्रममा आगजनी र तोडफोड समेत गरिएको थियो ।
आगो नियन्त्रणका निम्ति मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्र परिचालन गरिएको थियो ।
उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























