काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले जेनजी आन्दोलनपछि देशमा उत्पन्न परिस्थित, सरकारविहीनताको अवस्था तथा नयाँ सरकार आएपछिको अवस्थामा आफूलाई फरक फरक रुपमा परिभाषित गर्दै आएका छन् ।
उनले गर्ने गफ र लिने निर्णय र व्यवहार त्यति मिल्दैन। प्रचण्डले जेनजी आन्दोलन र त्यसका उपलब्धी आफ्नै नेतृत्वमा भएको भन्ने जस लिन हतारमा तत्कालीन नेकपा माओवादी केन्द्रको अध्यक्षबाट राजीनामा दिए । राजीनामासँगै उनले आफूनै संयोजक बनाएर बाँकी कुनै पद नहुने घोषणा गरे ।
यो घोषणामा उनले अब पार्टीको नेतृत्व जेनजीले गर्नुपर्छ र आफ्नो पार्टीको नेतृत्व पनि जेनजीले नै गर्ने भन्दै लगातार औपचारिक तथा अनौपचारिक क्षेत्रमा भनिरहेका छन् ।
लगत्तै नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्दा पनि कुनै पद नराख्ने भन्दै आफू संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहसंयोजक बनाएर नेपाली कम्युनिष्ट पार्टी गठन गरे ।
तर, यो पार्टीमा उनकै नेतृत्व र हालिमुहाली छ । उनीसँगै काम गर्नेले अपेक्षा गरेका थिए अब प्रचण्डले युवा र जेनजीका एजेन्डा र नेतृत्व अघि बढाउँछन् । त्यसमा पनि प्रचण्ड गफाडी नै देखिए । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले १६५ निर्वाचन क्षेत्रमध्ये १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार तोकेको छ ।
१६४ उम्मेदवार छान्दा प्रचण्ड र उनको दल नेपाली कम्युनिष्ट पार्टीले विगतमा गरेको वाचा र जेनजी आन्दोलनको जस लिन गरेको प्रतिवद्धता बिर्सिएको छ । आगामी फागुन २१ लाई तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले गरेको छनौटमा एक जनामात्र जेनजी उमेर समूहका उम्मेदवार छन् ।
३२ देखि ४५ वर्ष उमेरसमूहका उम्मेदवारको संख्या केही बढी भए पनि जेनजी समूहमा रहेका एक्ला उम्मेदवार भने मधेस प्रदेशको बारा निर्वाचन क्षेत्र नम्बर चारका अजय कुशवाहा हुन् । २०५५ को बैशाख एक गते जन्मिएका उनी २७ वर्षका मात्र भए । उनी नै प्रचण्डले गरेको घोषण, विगतको प्रतिवद्धता अनुसारका एकमात्र जेनजी समूहका उम्मेदवार हुन् ।
बाँकी प्रचण्डले जेनजीलाई ठाउँ दिने, जेनजीका एजेण्डा आफूले उठाउने भनेर गरेका प्रतिवद्धता गफ मै सीमित भएका छन् ।
नेकपाका उम्मेदवार




























