काठमाडौं– २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा चार जोडी श्रीमान्–श्रीमती उम्मेदवार चुनावी मैदानमा छन् ।
नेकपा (एमाले)बाट दुई जोडी, र नेकपा तथा आम जनता पार्टीबाट एक–एक जोडी उम्मेदवार रहेका छन् ।
धनुषा–३ र–४ बाट एमालेका जुलीकुमारी महतो र रघुवीर महासेठले उम्मेदवारी दर्ता गरेका छन् ।
महतो पाँचौँ पटक प्रतिनिधिसभा चुनाव लड्दैछिन् भने महासेठ तीन पटक सांसद भइसकेका पूर्वमन्त्री हुन् ।
सिन्धुपाल्चोकका शेरबहादुर तामाङ र उषाकला राई पनि एमालेबाट उम्मेदवार छन् ।
तामाङ प्रत्यक्षतर्फ छन् भने राई समानुपातिक सूचीमा चौथो नम्बरमा छिन् ।
नेकपाका देवेन्द्र पौडेल–बलावती शर्माको जोडी नवलपरासी–२ बाट प्रत्यक्ष र समानुपातिक सूचीमा क्रमशः छन् ।
आम जनता पार्टीबाट पत्रकार ऋषि धमला–एलिजा गौतमको जोडी रौतहट–४ बाट प्रत्यक्ष र समानुपातिकमा छन् ।
दोल्पामा दाजुभाइ धनबहादुर र कर्णबहादुर बुढा फरक–फरक पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् ।
रुपन्देहीमा स्वर्गीय दीपक बोहोराका छोराहरू प्रज्वल र गौरव बोहरा फरक–फरक क्षेत्रबाट उम्मेदवार बनेका छन् ।























