images
images
  • भ्रष्टाचारविरुद्ध बोल्नेमाथि कार्की सरकारको धरपकड, इबी साध्दै स्वागत र दुर्गामाथि

    काठमाडौं — अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब्युरोमा उपस्थित हुन बोलाएको छ ।

    साइबर ब्युरोका प्रवक्ता, एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्न आवश्यक भएको भन्दै बोलाइएको पुष्टि गरेका छन् ।

    प्रहरीका अनुसार नेपालले सामाजिक सञ्जालमा गरेका अभिव्यक्तिसँग सम्बन्धित विषयमा उनलाई सोधपुछका लागि बोलाइएको हो ।

    तर, उनीविरुद्ध कसले र कुन विषयमा उजुरी दिएको भन्ने बारे प्रहरीले केही जानकारी दिएको छैन ।

    नेपालले ५ माघमा राप्रपामा प्रवेश गरेका थिए र झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

    त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध उत्रिने दुर्गा प्रसाईंलाई बारम्बार धरपकड गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images