images
images
  • दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा

    काठमाडौं– यसपटकको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थिति देखिएको छ । निर्वाचन आयोगका अनुसार कुल ३ हजार ३ सय ८७ उम्मेदवारमध्ये १ हजार १ सय ८९ जना स्वतन्त्र छन्, जुन कुल उम्मेदवारको ३४.०९ प्रतिशत हो। बाँकी ६५.९० प्रतिशत दलीय उम्मेदवार हुन् ।

    २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिट छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ८७ र समानुपातिकतर्फ ३ हजार २ सय १३ जनाले उम्मेदवारी दिएका छन् ।

    विगतका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार रहे पनि यसपटक संख्या बढ्दो देखिएको छ । २०७९ मा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि पुनः चुनावी मैदानमा छन् ।

    महावीर पुनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनका अनुसार पुराना दलले अपेक्षित परिवर्तन ल्याउन नसकेपछि स्वतन्त्र रूपमा चुनाव लड्ने निर्णय गरेका हुन् । काठमाडौं–४ बाट ८७ वर्षीय मदनदेव आचार्यले पनि सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डासहित उम्मेदवारी दिएका छन् ।

    स्वतन्त्र उम्मेदवारमध्ये धेरैजसो दलबाट टिकट नपाएका बागी उम्मेदवार छन् । सिन्धुली–२, कालीकोट, दाङ–१ र पर्सा–२ लगायत क्षेत्रमा प्रमुख दलका असन्तुष्ट नेताहरू स्वतन्त्र रूपमा मैदानमा उत्रिएका छन्, जसले स्थानीय राजनीतिक समीकरणलाई थप रोचक बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images