images
images
  • एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले हुनेवाला प्रधानमन्त्री भन्दै गरे प्रचार

    काठमाडौं– आगामी निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार छिराउने भन्दै लमजुङमा एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङको प्रचार थालिएको छ ।

    मंगलबार मनोनयनपछि बुधबारबाट उनी मतदाता भेटघाटका क्रममा छन् । बुधबार बिहान घलेगाउँमा भएको एक कार्यक्रममा उनलाई भावी प्रधानमन्त्रीका रूपमा नेता कार्यकर्ताहरुले मतदातासामु चिनाएका छन् ।

    एमालेबाट समानुपातिक सूचीमा रहेका प्रेम घलेले गुरुङलाई भावी प्रधानमन्त्री भन्दै आगामी निर्वाचनबाट विजयी गराउनुपर्ने बताएका छन् । ‘फागुन २१ गतेको चुनावमा पृथ्वी सुब्बा गुरुङलाई जिताएर यसपालि सिंहदरबारको प्रधानमन्त्री बनाउने हो,’ उनले भने, ‘यसपालि क्व्होलासोथारको प्रधानमन्त्री बनाउने भनेर सबैजना एकदम उत्साहका साथ आ–आफ्नो वडा र घर–घरमा लाग्न म अनुरोध गर्दछु ।’

    उनले घलेगाउँमै पञ्चकन्यालाई टीका लगाइदिएर चुनावी प्रचार थालेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images