images
images
  • माधव नेपालविरुद्ध उजुरी

    काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

    उम्मेदवारी खारेजीको माग गर्दै बुधबार रौतहट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी विरुद्ध उजुरी परेको हो ।

    क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले नेता नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार उजुरी भने दरपीठ गरिएको छ । भ्रष्टाचार मुद्दाका आरोपित रहेको भन्दै नेता नेपालको उम्मेदवारी खारेज गर्नका लागि राय उजुरी लिएर आएका थिए, तर उजुरी अनुसार नेता नेपाल अहिले दोषी प्रमाणित भइनसकेको हुँदा उक्त उजुरी नलिई दरपीठ गरिएको हो।

    संविधानमा कुनै पनि मुद्दामा दोषी प्रमाणित नहुँदासम्म उम्मेदवारी खारेजीको प्रावधान नभएको हुँदा उक्त निवेदन दरपीठ गरिएको हो ।

    पूर्वप्रधानमन्त्री नेपालको विशेष अदालतमा पतञ्जली जग्गा हिनामिना भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images