काठमाडौं– अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो ।
अध्यागमन विभागका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् ।
डिपोर्ट हुनेमध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका व्यक्ति पनि रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । ती विद्यार्थीलाई ओभर स्टे भनेर डिपोर्ट गरिएको पाइएको उनले बताए ।
ब्यूरोका अनुसार बाँकी भने अवैध बाटोबाट अमेरिका जानेहरु रहेको छन्। यसरी अमेरिका छिर्नेहरूले डेढ करोड रुपैयाँसम्म बुझाएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























