images
images
  • ४ पूर्वप्रधानमन्त्री चुनावी मैदानमा : प्रचण्ड–माधव सुरक्षित, ओली र बाबुरामलाई मुस्किल

    काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्व प्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।

    निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्व प्रधानमन्त्रीहरूमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई छन् ।

    ओली, नेपाल र भट्टराईले विगतदेखि नै चुनाव लड्दै आएको क्षेत्र रोजेका छन् भने प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।

    तर, भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक शक्ति सन्तुलनले सबै पूर्व प्रधानमन्त्रीहरूको जित–हार अनिश्चित देखिएको छ ।

    ओली यसपटक पनि झापाबाट मैदानमा छन् ।

    तर, स्वतन्त्र र रास्वपा समर्थित बालेन्द्र साह ‘बालेन’को चुनौती, राप्रपाको मत विभाजन र गठबन्धनको अभावले उनको जित सहज देखिँदैन ।

    प्रचण्ड माओवादीको आधार क्षेत्र मानिने रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।

    विगतको मत परिणाम र पार्टी संगठनको बलका कारण उनको जित तुलनात्मक रूपमा सुरक्षित मानिएको छ ।

    बाबुराम भट्टराई अन्तिम समयमा गोर्खा–२ बाट उम्मेदवार बने पनि कमजोर संगठन र तीव्र बहुपक्षीय प्रतिस्पर्धाले उनलाई कठिन अवस्थामा पुर्‍याएको छ ।

    माधव नेपाल रौतहट–१ बाट पुनः उम्मेदवार बनेका छन् । तर, यसपटक गठबन्धन नभएकाले एमाले, कांग्रेस र रास्वपाको उपस्थितिले उनको चुनावी यात्रा चुनौतीपूर्ण देखिन्छ ।

    समग्रमा, यसपटकको निर्वाचन पूर्व प्रधानमन्त्रीहरूका लागि प्रतिष्ठा जोगाउने कडा परीक्षा बन्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images