images
images
  • प्रचण्ड नेतृत्वको नेकपाका आधिकारिक उम्मेदवारविरुद्ध ४ जना बागी, को हुन् उनीहरू ?

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का आधिकारिक उम्मेदवारविरुद्ध चार निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दर्ता भएको छ ।

    फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

    बागी उम्मेदवारी बागमतीको सिन्धुली–२, कोशीको उदयपुर–२, लुम्बिनीको दाङ–२ र कर्णालीको कालिकोट–१ मा परेको हो ।

    सिन्धुली–२ मा लेखनाथ दाहालविरुद्ध केन्द्रीय सदस्य महेश्वर दाहालले उम्मेदवारी दिएका छन्, जसलाई पूर्वनेता गजुरेलको समर्थन छ ।

    दाङ–२ मा मेटमणि चौधरीविरुद्ध पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले बागी उम्मेदवारी दिएका छन् ।

    कालिकोट–१ मा टिकट नपाएपछि जीवन बुढा बागी बनेका छन् भने उदयपुर–२ मा सुरेश कुमार राईविरुद्ध मेजर राईले उम्मेदवारी दर्ता गराएका छन् ।

    पार्टी नेताहरूले बागी उम्मेदवारी फिर्ता गराउने प्रयास भइरहेको र नफिर्ता लिए कारबाही हुने बताएका छन् ।

    अन्य प्रदेशमा भने बागी उम्मेदवारी नपरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images