images
images
  • एमाले त्यागेका झापा युवा संघ अध्यक्ष खतिवडाले बालेनलाई सघाउने

    काठमाडौं– नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालका दमक अध्यक्ष छवि खतिवडाले संगठन र पार्टी परित्याग गरेका छन् ।

    फेसबुकमार्फत उनले २०८२ माघ ७ गतेदेखि युवा संघको अध्यक्ष र एमालेको संगठित सदस्य पद छाड्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

    खतिवडाले अब स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि उल्लेख गरेका छन् ।

    झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images