images
images
  • भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र हत्या आरोपी चुनावी मैदानमा : जिते संसद् छिर्न पाउँलान् ?

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा यसपटक पनि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, हत्या आरोपलगायत मुद्दा खेपिरहेका व्यक्तिहरूलाई दलहरूले उम्मेदवार बनाएका छन् ।

    अदालतमा मुद्दा विचाराधीन रहेकाले जिते पनि सांसद पद निलम्बन हुने वा संसद् छिर्न नपाउने अवस्था भएका व्यक्तिहरू अघि सारिएका हुन् ।

    नेकपाबाट रौतहट–१ का उम्मेदवार माधवकुमार नेपाल पतञ्जलि जग्गा भ्रष्टाचार मुद्दामा प्रतिवादी छन् ।

    कांग्रेसबाट मनाङका उम्मेदवार टेकबहादुर गुरुङ विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् ।

    रास्वपाका सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार हुँदै सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा विभिन्न अदालतमा खेपिरहेका छन् ।

    एमालेले महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरी र गोरखा–२ बाट ‘चक्रे मिलन’ भनिने मिलन गुरुङलाई उम्मेदवार बनाएको छ ।

    कांग्रेसका विजयकुमार गच्छदारविरुद्ध ललिता निवास प्रकरण सर्वोच्चमा विचाराधीन छ ।

    यस्तै, शरणार्थी र टेरामक्स प्रकरणमा मुछिएका केही नेताहरू अन्ततः उम्मेदवार सूचीबाट हटाइए ।

    दागी व्यक्तिलाई उम्मेदवारीबाट रोक्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा दलहरूले यसको फाइदा उठाउँदै आएका छन् ।

    निर्वाचन आयोगले स्वघोषणा फाराममार्फत मुद्दाको विवरण लिने व्यवस्था गरे पनि कानुन संशोधन सरकारबाट अघि बढेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images