images
images
  • १ सय ६५ सिटमा ३४ सय ८४ उम्मेदवारबीच प्रतिस्पर्धा

    काठमाडौं– आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ ।

    निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्र गरी ३ हजार ४ सय ८४ जनाले मनोनयन दर्ता गराएका छन् ।

    कुल उम्मेदवारमध्ये ३ सय ९५ महिला, ३ हजार ८८ पुरुष र ३ जना समलिंगी/तेस्रोलिंगी छन् ।

    सबैभन्दा कम मनाङ–१ र मुस्ताङमा पाँच–पाँच जनाको उम्मेदवारी परेको छ भने धनुषा–३ मा सबैभन्दा बढी ४५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    टिकट नपाएपछि पार्टी फेरेर उम्मेदवार बन्ने प्रवृत्ति यसपटक व्यापक देखिएको छ ।

    एमाले, रास्वपा, जसपा, राप्रपा लगायत दलमा टिकट वितरणलाई लिएर असन्तुष्टि सतहमा आएको छ ।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र बाबुराम भट्टराई चुनावी मैदानमा छन् भने शेरबहादुर देउवा र झलनाथ खनाल उम्मेदवारीबाट बाहिरिएका छन् ।

    मनोनयनकै क्रममा ठूला दलका नेताहरूले आचारसंहिता उल्लंघन गरेको आयोगको निष्कर्ष छ ।

    झापा–५ मा ओली र काठमाडौंमा रास्वपाले ठूलो शक्ति प्रदर्शन गरेका थिए ।

    यसपटक पत्रकार, समलिंगी तथा तेस्रोलिंगी उम्मेदवारको सहभागिता पनि उल्लेख्य छ ।

    ललितपुर–१ मा भने लगातार आठौं पटक एउटै परिवार (राणा परिवार) बाट उम्मेदवारी कायम रहनु चर्चाको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images