images
images
  • आउँदो प्रतिनिधिसभामा देखिने छैनन् यी अनुहार, को–को हुन् उनीहरू ?

    काठमाडौं– आउँदो प्रतिनिधिसभामा यसअघिदेखि निरन्तर देखिँदै आएका धेरै शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् ।

    कतिपयले स्वेच्छाले उम्मेदवारी नदिएका छन् भने कतिपयलाई पार्टीले टिकट नदिएपछि चुनावी दौडबाट बाहिरिनुपरेको हो ।

    २०४८ सालदेखि संसदीय राजनीतिमा सक्रिय रहँदै आएका पुराना अनुहारहरू रोकिने हुँदा संसद्मा नयाँ र युवा प्रतिनिधित्व बढ्ने संकेत देखिएको छ ।

    नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का, धनराज गुरुङलगायतका नेता यसपटक उम्मेदवार बनेनन् ।

    प्रकाशमान सिंह, आरजु राणा, शशांक कोइराला, उमेश श्रेष्ठसहित दर्जनौँ कांग्रेस नेता संसद्बाहिर रहने भएका छन् ।

    त्यसैगरी, एमालेबाट रघुजी पन्त, योगेश भट्टराई, टोपबहादुर रायमाझी, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि आगामी संसद्मा देखिने छैनन् ।

    माओवादी केन्द्रका वामदेव गौतम, हितराज पाण्डे, रेखा शर्मा तथा अन्य केही नेता पनि अनुपस्थित हुने भएका छन् ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र अन्य दलका केही चर्चित अनुहारहरू पनि यसपटक संसद्बाट बाहिरिने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images