images
images
  • तीन वर्षपछि चुनावी प्रतिस्पर्धामा उत्रिएका बाबुरामलाई विरासत जोगाउन चुनौती, को-को छन् मैदानमा ?

    काठमाडौं– फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनले आगामी निर्वाचनमा उम्मेदवारी नदिने प्रतिबद्धता विपरीत उम्मेदवारी दिएका हुन् ।

    तीन वर्षपछि उनी फेरि चुनावी प्रतिस्पर्धा उत्रिएका छन् । भट्टराईको प्रतिपर्धामा कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी रहेका छन् ।

    माओवादी जनयुद्धका मुख्य नेतामध्ये एक रहेका उनी २०६४, २०७० र २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    उनलाई विगतको आफ्नै विरासत जोगाउन चुनौती देखिएको छ ।

    अघिल्लो निर्वाचनमा प्रचण्डले २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका बुर्लाकोटीले १२ हजार ६३९ मत पाएका थिए । एमालेका अब्दुस सलाम मियाले सात हजार ३९५ मत प्राप्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images