काठमाडौं– सुनसरी–३ मा कांग्रेसबाट विजय गच्छदार र वेद गच्छदार दुवैले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
सभापति गगन थापाको हस्ताक्षर र पार्टीको छाप भएको टिकटसहित दुवै दाजुभाइ दुहवीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।
पहिले विजय र पछि वेदलाई टिकट दिइएको बताइएपछि को आधिकारिक उम्मेदवार भन्नेबारे निर्वाचन कार्यालय परामर्शमा छ ।
त्यस्तै सिन्धुली क्षेत्र नं २ मा नेकपाका उम्मेदवार लेखनाथ दाहालविरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ ।
जिल्ला नेताहरूको उपस्थितिमा वरिष्ठ पत्रकार महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रले लेखनाथलाई टिकट दिएपछि जिल्ला निर्णयअनुसार महेश्वरलाई आधिकारिक उम्मेदवार बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्























