काठमाडौं– जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी अभियोगमा दायर मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग उक्त धरौटी माग गर्ने आदेश दिएको हो ।
यस मुद्दामा लामिछानेसहित २९ जनाविरुद्ध अभियोग लगाइएको छ ।
लामिछाने आजै अदालतमा तारेख बुझ्न उपस्थित भएका थिए ।
अदालतको प्रक्रिया सकेपछि उनी चितवनमा उम्मेदवारी दर्ताका लागि गएका छन् ।
प्रतिक्रिया दिनुहोस्























