रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
२०६४ सालदेखि प्रत्येक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्ड यसपटक माओवादी आन्दोलनको उद्गम थलो मानिने रुकुमपूर्वबाट मैदानमा उत्रिएका हुन् ।
३४ हजार ७७२ मतदाता रहेको यस जिल्लामा २०७९ को निर्वाचनमा माओवादी उम्मेदवार विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्























