काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विघटित प्रतिनिधिसभाका २१ सांसदमध्ये १४ जना पुनः उम्मेदवार बनेका छन् ।
पाँच जनाले टिकट पाएनन् भने दुई जना सांसद पार्टी छाडिसकेका छन् ।
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार छन् ।
उपसभापति डोलप्रसाद अर्याल काठमाडौं–९ र अर्का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट चुनावी मैदानमा छन् ।
संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौं–८ र प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बनेका छन् ।
त्यस्तै, गणेश पराजुली (काठमाडौं–७), सोबिता गौतम (चितवन–३), निशा डाँगी (झापा–१), डा. तोसिमा कार्की (ललितपुर–३), शिशिर खनाल (काठमाडौं–६), अशोककुमार चौधरी (सुनसरी–३), इन्दिरा राना (झापा–२), विनिता कठायत (जुम्ला) र हरि ढकाल (चितवन–१) पनि उम्मेदवार छन् ।
विन्दबासिनी कंशाकार, डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारी र शिव नेपालीले यसपटक टिकट पाएनन् ।
सुमना श्रेष्ठ र सन्तोष परियार भने पार्टी छाडेका छन् । परियार हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा आबद्ध छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।























