झापा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन् ।
समर्थक र बाजागाजासहित पुगेका शाहलाई ठाउँ–ठाउँमा कलससहित स्वागत गरिएको थियो ।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर उनी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























