images
images
  • चुनावी इपिसेन्टर झापामा ओली, बालेन र रञ्जितबीच महाभिडन्त

    काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्न दमक पुगेका छन् ।

    सयौँ समर्थकसहित मंगलबार निर्वाचन कार्यालय पुगेका बालेनलाई नाराबाजी र झाँकीसहित मनोनयनस्थलसम्म पुर्‍याइएको थियो ।

    झापा–५ मा बालेनको उम्मेदवारीसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

    रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    उता, नेकपाले पनि झापा–५ बाट पूर्व विद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

    यद्यपि यसपटक कसले बाजी मार्ला भन्ने अहिले नै आकलन गर्न नसकिने राजनीतिक विश्लेषकले बताएका छन् ।

    किनकि विगतको निर्वाचन जस्तो अहिलेको निर्वाचन नभएको उनीहरूको तकए छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images