काठमाडौं– कांग्रेस सभापति गगन थापा यसपटक काठमाडौं–४ बाट उम्मेदवार नबन्ने हल्ला चलेपछि त्यहाँको चुनावी समीकरण फेरिएको छ ।
थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने चर्चा सुरु भएसँगै कांग्रेस, एमालेलगायत दलमा टिकटका लागि तानातान बढेको हो ।
यद्यपि, थापा कहाँबाट उम्मेदवार बन्छन् भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन र कांग्रेसका एकथरि नेताले यसलाई ‘मिडिया ट्रायल’ भनेका छन् ।
थापा उठ्लान् कि नउठ्लान् भन्ने अन्योलका कारण काठमाडौं–४ मा अधिकांश दलले उम्मेदवारी घोषणा रोकेका छन् ।
कांग्रेसमा पूर्वमन्त्री सुमना श्रेष्ठदेखि देउवापक्षीय नेता राजु श्रेष्ठसम्मका नाम चर्चामा छन् ।
एमालेमा पनि थापाले नउठ्ने सम्भावनासँगै उत्साह बढे पनि अध्यक्ष केपी शर्मा ओलीले सबै आकांक्षीलाई ‘होल्ड’ गरेका छन् ।
सचिव डा.राजन भट्टराई र उपमहासचिव योगेश भट्टराईको सम्भावनाबारे पनि चर्चा चलेको छ ।
तर, थापा अन्ततः काठमाडौं–४ मै उठे एमालेले नयाँ उम्मेदवार अघि सार्ने संकेत गरेको छ ।
थापा सर्लाही जाने कि काठमाडौंमै लड्ने भन्ने निर्णयले नै अन्तिम समीकरण तय गर्ने देखिएको छ ।























