काठमाडौं– वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिपरिषद्का शिक्षामन्त्री महावीर पुनसहित चार जना मन्त्री चुनावी मैदानमा उत्रिएका हुन् ।
आज बिहान राजीनामा दिएका शिक्षामन्त्री पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वतमान ऊर्जा मन्त्री कुलमान घिसिङ काठमाडौं–३, सञ्चार मन्त्री जगदीश खरेल ललितपुर–२ र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सिराहा–१ बाट चुनाव लड्दैछन् ।
२१ फागुनमा हुने निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ताको अन्तिम दिन हो ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्























