images
images
  • भेट्रान नेताहरू चुनावी मैदानमा, को–कहाँबाट भिँड्दैछन् ?

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि आज (मंगलबार) देशभर उम्मेदवारी दर्ता हुँदैछ ।

    निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय तोकेको छ ।

    २१ फागुनमा हुने निर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

    उनका स्वकीय सचिव भानु देउवाले मध्यरातमा प्रेस नोट जारी गर्दै जानकारी दिएका हुन् ।

    डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचित देउवा अन्तिमपल्ट चुनाव लड्ने चाहनामा थिए, तर पार्टीभित्रको विवादपछि पछि हटेका हुन् ।

    कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा सर्लाही–४ बाट उठ्दैछन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिस्पर्धामा छन्, जहाँ उनलाई रास्वपाबाट बालेन शाहले चुनौती दिने भएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूकुम पूर्वबाट चुनाव लड्दैछन् ।

    रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट, डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बनेका छन् ।

    कुलमान घिसिङ काठमाडौं–३ बाट पहिलोपटक संसदीय चुनावमा होमिँदैछन् ।

    धरानका मेयर हर्क साम्पाङ सुनसरी–१ बाट, प्रचण्डपुत्री रेणु दाहाल चितवन–३ बाट प्रतिस्पर्धामा छन् ।

    जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी–२, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३, कमल थापा काठमाडौं–५ बाट उठ्दैछन् ।

    एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट उम्मेदवार बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images