काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्का चार मन्त्रीले राजीनामा दिएका छन् ।
उनीहरूमध्ये क्रमशः उर्जामन्त्री कुलमान घिसिङ, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका हुन् ।
स्रोतका अनुसार राजीनामा दिएका मन्त्रीहरू प्रधानमन्त्री कार्कीको कार्यशैलीमा सन्तुष्ट थिएनन् ।
कानुनको ज्ञान र पूर्वप्रधानन्यायाधीश हुँदाहुँदै पनि संविधान, कानुनको धज्जी उडान थालेपछि असन्तुष्ट बनेका थिए ।
भर्खरै महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सहकारी ठगीसँगै जोडिएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण फिर्ता लिने निर्णय हुँदासम्म मुख खोलेकी छैनन् ।
उनकै निर्देशनमा मुद्दा फिर्ता लिन हतारो ग रेको कतिपयको विश्लेषण छ ।
यसका साथै मन्त्रीहरूको कार्यसम्पादनमा प्रधानमन्त्रीले नांगो हस्तक्षेप गर्न थालेपछि उनीहरूले धमाधम राजीनामा दिएको स्रोत बताउँछ ।
उनीहरूको कार्यकाल निर्वाचनसम्म थियो ।
तर, राजीनामा दिएका मन्त्रीहरू आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने तयारीमा छन् ।























