images
images
  • नेकपाका संयोजक प्रचण्ड रुकुम पूर्व आइपुगे, भोलि मनोनयन दर्ता गर्ने

    रुकुम पूर्व– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुगेका छन् ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ पुगेका हुन् ।

    प्रचण्ड भोलि मंगलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।

    पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य संघ रुकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताए ।

    जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images