काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेर पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’बाट उनी रास्वपामा आवद्ध भएका हुन् ।
मधेश प्रदेश सभा सदस्यबाट पनि राजीनामा दिएका अन्सारीले परिवर्तन अब रास्वपाबाट मात्रै सम्भव हुने दाबी गरे ।
उनले रास्वपाले मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए ।
अन्सारी बारा–४ बाट चुनाव लड्ने तयारीमा छन् ।
त्यस्तै कांग्रेस त्यागेका निवर्तमान स्वतन्त्र सांसद अमरेश सिंह पनि रास्वपा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























