images
images
  • रास्वपासँग लबिङ गर्ने मन्त्रीमाथि प्रधानमन्त्रीको राजीनामा दिन दबाब, सञ्चारमन्त्री डेन्जर जोनमा

    काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका उनले मनोनयन दर्ताअघि नै मन्त्री पद छोडेका हुन् ।

    ‘मैले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको छु,’ मन्त्री गुप्ताले भने, ‘अब औपचारिक प्रक्रिया पूरा गर्न मात्र बाँकी छ ।’

    उनले अब सक्रिय रूपमा चुनावी मैदानमा उत्रिने बताएका छन् । जेनजी पुस्ताको प्रतिनिधिका रूपमा उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

    यसैबीच, ऊर्जामन्त्री कुलमान घिसिङले पनि पदबाट राजीनामा दिएका छन् ।

    उनले यसअघि नै्र प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका थिए ।

    राजीनामा बुझाएसँगै प्रधानमन्त्री कार्कीले उनलाई औपचारिक रूपमा बिदाइ गरेकी छिन् ।

    प्रधानमन्त्री कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएकी थिइन् ।

    नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हुँदै मन्त्री बनेका घिसिङले आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल’ पार्टी दर्ता गराएका थिए ।

    उनले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग उपसभापतिको सहमति गर्दै एकता गरेका थिए ।

    गैरदलीय सरकारमा मन्त्री पदमा रहँदै रास्वपाको राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै घिसिङले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो ।

    सामाजिक सञ्जाल र जनस्तरमा मन्त्रीहरूको राजनीतिक सक्रियतामाथि प्रश्न उठेपछि सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले उनलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् ।

    त्यस्तै आन्तरिकरूपमा रास्वपासँग लबिङ गरिरहेका सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेललाई पनि प्रधानमन्त्री कार्कीले राजीनामा दिन दबाब दिएको स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images