images
images
  • मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए प्रदेश सभा सदस्य पदबाट राजीनामा

    काठमाडौं– मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

    उनले जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

    प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराएका छन् र सोही पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन् ।

    सिंह २०७९ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीबाट निर्वाचित भएका थिए ।

    जनमतले उनलाई अर्थ समितिको सभापति र पछि मुख्यमन्त्री बनाएको थियो ।

    जेनजी आन्दोलनका क्रममा पार्टी नेतृत्वसँग विवाद बढेपछि उनी विवादित बनेका थिए ।

    यसअघि सिंह २०७४–२०७९ सम्म तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष थिए ।

    ४३ वर्षीय सिंह तिलाठी कोइलाडी–४ का स्थायी बासिन्दा हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images