काठमाडौं– नेपाली कांग्रेसका १० जना नेताले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
सार्वजनिक रूपमा निर्वाचन नलड्ने बताउनेमध्ये उपसभापति विश्वप्रकाश शर्मा पनि छन् ।
२०७४ मा झापा–१ बाट निर्वाचित शर्मा पार्टी संगठनमै केन्द्रित हुने बताएका छन् ।
पूर्वमन्त्रीहरू हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू र डा. नारायण खड्काले पनि विज्ञप्ति जारी गर्दै निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
बलबहादुर केसीले जिल्लाका नेताहरूको उपस्थितिमा यस्तो निर्णय सुनाएका छन् ।
काभ्रेका शिव हुमागाईंले डा. शेखर कोइराला समूहको भेलामा निर्वाचन नलड्ने बताएका छन् ।
पूर्वमन्त्री बद्री पाण्डेले जेनजी आन्दोलनका बेला सरकारमा रहँदा युवाका माग सम्बोधन गर्न नसकेको स्वीकार गर्दै कुनै पनि सदनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
काठमाडौं–१० बाट लगातार तीनपटक निर्वाचित राजेन्द्रकुमार केसीले पार्टी रूपान्तरणका लागि आफू पछि हटेको बताएका छन् ।
जिपछिरिङ लामा र धादिङ कांग्रेस सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।























