images
images
  • विप्लव चुनाव नलड्ने, रोल्पाबाट झिके हात

    काठमाडौं– नेकपा (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन् ।

    सोमबार बिहान बसेको स्थायी कमिटीको भर्चुअल बैठकले शीर्ष नेताहरूलाई चुनावबाट बाहिर राख्ने निर्णय गरेको स्थायी कमिटी सदस्य अनिल शर्मा ‘विरही’ले जानकारी दिए ।

    उनका अनुसार अन्य नेताहरूका हकमा भने चुनावमा सहभागी हुन कुनै प्रतिबन्ध लगाइएको छैन ।

    यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने बताएका थिए ।

    तर, पार्टीको पछिल्लो निर्णयअनुसार अब विप्लवले रोल्पाबाट उम्मेदवारी नदिने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images