काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज बिहान साढे १० बजे झापा जाँदैछन् ।
२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने भएकाले उनी झापा पुगेका हुन् ।
ओली यसअघि विजयी हुँदै आएको झापा–५ बाट उम्मेदवार बनेका छन् ।
उक्त क्षेत्रमा रास्वपाबाट बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीबाट रन्जित तामाङ उम्मेदवार रहनेछन् ।
यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् ।
मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची अनुसार उनी आजै रुकुमपूर्व पुग्ने नेकपाले जनाएको छ ।
प्रचण्डले मंगलबार तामझामसहित मनोनयन दर्ता गर्ने र बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
२०७९ मा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक जनयुद्धको आधारभूमि रुकुमपूर्वबाट चुनाव लड्दैछन् ।
प्रतिक्रिया दिनुहोस्























