काठमाडौं– नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फ अधिकांश स्थानमा नयाँ अनुहारलाई प्राथमिकता दिएको छ ।
हालसम्म टुङ्गो लगाइएका १४१ निर्वाचन क्षेत्रमध्ये ८५ स्थानमा २०७९ यता चुनाव नलडेका नयाँ उम्मेदवार अघि सारिएका छन्, जुन करिब ६० प्रतिशत हो ।
बाँकी २४ क्षेत्रमा उम्मेदवार टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।
प्रदेशगत रूपमा सुदूरपश्चिमका १६ मध्ये ९, कर्णालीका १२ मध्ये अधिकांश, लुम्बिनीका १८ मध्ये १२, गण्डकीका १८ मध्ये १३, बागमतीका २७ मध्ये १६, मधेसका २७ मध्ये १२ र कोशीका २३ मध्ये १४ स्थानमा नयाँ उम्मेदवार छन् ।
केही निर्वाचन क्षेत्रमा भने अझै उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको एमालेले जनाएको छ ।
यीमध्ये विद्या भण्डारी पक्षका अधिकांश नेताले टिकट पाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्























