काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाएका हुन् ।
डंगोलले राजीनामा प्राप्त भएको पुष्टि गरिन् । राजीनामापछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय पुग्दैछन्, जहाँ उनलाई स्वागत गर्ने कार्यक्रम तय छ ।
रास्वपा प्रवेश गरेका बालेन झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन् ।
पार्टीका वरिष्ठ नेताका रूपमा रहेका उनी आजै जनकपुर जाने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि राजीनामा दिने तयारीमा छन् ।
उनी चितवन–३ बाट चुनाव लड्ने तयारीमा छिन् भने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पनि राजीनामा दिने तयारी गरेका छन् ।
उनी पनि आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्























