काठमाडौं– प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता र समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरू सहितको बैठक आह्वान गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे बस्ने बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा सरोकारवालाबीच विचार–विमर्श गर्ने तयारी छ ।
निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मंगलबार तोकिएको छ ।
तर राजनीतिक दलहरूले उम्मेदवार छनोटका लागि आन्तरिक व्यवस्थापनमा कठिनाइ भएको जनाउँदै मिति केही दिन सार्न निर्वाचन आयोगसँग अनुरोध गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























