images
images
  • मनोनयन दर्ताको समय थप गर्ने आयोगको तयारी

    काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयावधि बढाउने तयारी गरेको छ ।

    दलहरूको आग्रहपछि मनोनयन दर्ताको समय केही दिन थप्ने विषयमा आयोगभित्र छलफल भइरहेको आयोग स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार निर्वाचनको समग्र कार्यतालिका भने यथावत् रहनेछ ।

    ‘निर्वाचनको कार्यतालिका परिवर्तन हुँदैन, तर मनोनयन दर्ताको समय केही दिन थप हुन सक्छ,’ आयोग स्रोतले भन्यो, ‘यस विषयमा औपचारिक निर्णय हुन बाँकी छ ।’

    हालको निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था छ ।

    तर आयोगले कम्तीमा दुई दिन समय थप्ने तयारी गरेको स्रोतको भनाइ छ ।

    यसअनुसार मनोनयन दर्ताको समय माघ ८ गतेसम्म लम्बिन सक्ने सम्भावना छ ।

    यसैबीच, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मनोनयन दर्ताको समय सारिदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

    देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा पनि मनोनयन दर्ताको समय सार्न अन्तरिम आदेश माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images