images
images
  • चोरबाटो राष्ट्रिय सभाका छिरेका ३ सांसद बाटैबाटो संसद् पुग्ने तयारी, दिए राजीनामा

    काठमाडौं– राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले)की भगवती न्यौपानेले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले बताए ।

    नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

    यी तीन राष्ट्रिय सभा सदस्य निर्वाचनमा पराजित हुन् । पराजित भएपछि उनीहरू राष्ट्रिय सभामा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images