काठमाडौं– नेपाली कांग्रेसको आन्तरिक विवाद सर्वोच्च अदालत पुगेको छ ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा समूहले उक्त निर्णय खारेजीको माग गर्दै अदालत पुगेको हो ।
पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा समूहका नेताहरू सर्वोच्च पुगेका छन् ।
विशेष महाधिवेशनको पक्षमा नउभिएको शेखर कोइराला समूह भने अदालत नगई अलग्गै भेला गर्दैछ ।
कोइरालाले आज दिउँसो १ बजे बत्तिसपुतलीमा आफ्ना पक्षीय नेताहरूको बैठक बोलाएका छन् ।
शेखरको भेलाले पार्टी फुटाउन सक्ने आकल गरिए पनि उनी निकट नेताहरूले यसलाई स्वीकारेका छैनन् ।
सर्वोच्चमा खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउदलगायत नेताहरू उपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस्























